November 21, 2017, Tuesday       मंसिर ५, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, २१ असोज । दशैंको बिदामा समेत हेल्लो सरकारले गुनासो सुन्ने भएको छ । दशैको बिदामा सर्व साधारणलाई पर्न सक्ने अप्ठेरोलाई सुनुवाई गरी तत्काल राहत दिन बिदाको समयमा पनि हेल्लो सरकारले सधैं झैं काम गर्ने भएको हो । यातायात अवरोध, बिद्युत भार कटौती, ठगि, होहल्ला, चोरी जस्ता घटनालाई तत्काल सुनुवाई गरी समस्यासँग सम्बन्धित निकायलाई तत्काल निर्देशन दिनेगरी व्यवस्था मिलाइएको हेल्लो सरकार हेरिरहनु भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिनु भयो । मन्त्रिपरिषद्को कार्यालयको मातहतमा रहने गरी २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हेल्लो सरकारको सुरुवात गर्नुभएको थियो । हेल्लो सरकारको सुरुवाती समयमा टेलिफोनमार्फत गुनासो सुन्ने गरिए पनि हाल टेलिफोनको साथै एसएमएस, फेसबुक, टुइटर, जस्ता सामाजिक सञ्जालबाट समेत गुनासो सुन्ने व्यवस्था छ । हेल्लो सरकार केन्द्रबाट विकेन्द्रित भई क्षेत्रीय प्रशासन कार्यालयमा समेत गुनासो सुनुवाई हुन थालेको छ ।

Add comment


Security code
Refresh