November 21, 2017, Tuesday       मंसिर ५, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, २१ असोज । व्यवस्थापिका संसदमा प्रस्तुत भएको राजनीतिक दलसम्बन्धी विधेयकमा सबैभन्दा बढी ३५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।  व्यवस्थापिका संसदमा गत मंगलबार प्रस्तुत भएको राजनीतिक दल, मतदाता नामावली र निर्वाचन आयोगसम्बन्धी विधेयकमध्ये सबैभन्दा बढी राजनीतिक दलसम्बन्धी विधेयकमा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका हुन् । त्यसमध्ये सबैभन्दा बढी थ्रेसहोल्ड राख्नुपर्ने प्रस्तावसहितको संशोधन परेको छ । संशोधनमा प्रस्तावमा ५, ३, २ र साढे १ प्रतिशत थ्रेसहोल्डको संशोधन परेका छन् । त्यसैगरी दल दर्ताका लागि पाँच सयको सट्टा १० हजार सदस्यको हस्ताक्षर हुुुनुपर्ने, महिलाको समानुपातिक, समावेशी सहभागिता हुनुपर्ने, सरकारले राजनीतिक दललाई आर्थिक अनुदान वा सहयोग उपलब्ध गराउनुपर्नेलगायत संसोधन दर्ता भएको छ । त्यसैगरी निर्वाचन आयोग सम्बन्धी विधेयकमा २१ र सबैभन्दा कम मतदाता नामावली विधेयकमा १२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । निर्वाचनको मिति नेपाल सरकारको परामर्शमा निर्वाचन आयोगले आफै तोक्ने, निर्वाचन खर्चको विवरण दलले नभई व्यक्ति आफैले बुझाउनुपर्ने तथा मतदाता जागरण कार्यक्रम लैङ्गिकमैत्री हुनुपर्ने संशोधन परेको छ । समानुपातिक समावेशी महिला सहभागीता हुनुपर्ने प्रस्ताव यस विधेयकमा पनि परेको छ । मतदाता नामावलीमा परेका १२ संसोधनमा अधिकांशले विदेशस्थित प्रवासी नेपाली नागरिकको नाम संकलन र अध्यावधि गर्नुपर्ने, एक तिहाई महिला सहभागिता, बायोमेट्रिक विवरण लिने गर्नुपर्ने तथा फर्जि मतदान रद्द गर्नुपर्ने विषय उल्लेख छन् । यी तिनै विधेयमाथिको संसोधन प्रस्ताव दर्ताका लागि आजसम्मको समय दिइएको थियो ।

Add comment


Security code
Refresh