June 23, 2017, Friday       आषाढ ९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, २२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार निर्धारित समय भित्रै तीनै तहको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभएको छ । बिजया दशमी, दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदानका लागि भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घुमाउरो शैलीमा निर्धारित समय भित्रै निर्वाचन गराउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले केही समयसिमा भित्र गर्ने पर्ने केही काम पुरा गरी संक्रमणकाल टुंग्याएर मुलुकको आर्थिक उन्नति र सम्वृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले संविधानको कार्यान्वयन मार्फत साना तिना समस्या समाधान गरि सम्वृद्धिको दिशामा लम्किने प्रेरणा मिलोस् भनि शुभकामना समेत दिनुभयो ।  कुनै न कुनै सन्र्दभमा चोटिला उखान टुक्का र सत्तापक्षी दललाई व्यङग्य गर्न नछुटाउने अध्यक्ष ओलीले सनिबारको पत्रकार सम्मेलनमा भने दशैको शुभकामना मात्रै दिनुभयो । दलिय छेडछाड र तिखो टिप्पणी सुन्न अभ्यस्त बनेका संचारकर्मीले थप केही भन्न चाहनुहुन्छ कि भनी गरेको प्रश्नमा ओलीले मन्द मुस्कान सहित दशैको बेला कुनै भल छोप्न नचाहेको प्रतिक्रिया दिनुभयो । संविधान कार्यान्वयनमा सधै जोड दिदै आउने गरेपनि संविधान कार्यान्वयनका सन्र्दभमा हुने वार्ता र छलफलमा पातलो उपस्थिति किन भन्ने संचारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले आवश्यक परेको स्थानमा गएको दाबी गर्नुभयो ।

Add comment


Security code
Refresh