April 25, 2017, Tuesday       बैशाख १२, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

इलाम, २९ असोज । दक्षिणी इलामको दानाबारीबाट महमाईतर्फ जाँदै गरेको ढुंगा हिजो माइखोलामा डुब्दा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । मृतकमध्यै ७ वटा शवको सनाखत भएको छ । डुङ्गा डुब्दा मृत्यु हुनेमा मोरङ मधुमल्ला–२ की ६ वर्षीया अञ्जली खड्का, उनकी दिदी पुष्पा खड्का, झापा शनिअर्जुनका २८ वर्षीय कृष्णकुमार घतानी, इलाम महमाई–१ का ७५ वर्षीय जसबहादुर रार्ई रहेका छन् । त्यस्तै महमाई–१ का डम्बर रानामगर, हर्कबहादुर रानामगर र महमाई–२ की बिष्णुमाया धमलाको पनि डुबेर मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । नदीमा डुबेका ५ जनाको शव हिजैै घटनास्थलको १ सय मिटर आसपास र अन्यको शव आज झापाको विभिन्न स्थानमा भेटिएको हो । आज दिउँसो झापाको शिवसत्ताक्षीस्थित लालपानीमा भेटिएका एक पुरुषको शवको भने सनाखत भएको छैन । लगभग पचास जना यात्रु सवार उक्त डुङ्गा माइखोलास्थित त्रिताल घाटमा डुब्दा ३४ जनाको तत्कालै उद्धार गरिए पनि अन्य केही व्यक्ति हराइरहेकाले खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ताप्लेजुङ निवासी सुवास भट्टराई पनि हराइरहेको भन्दै इलाका प्रहरी कार्यालय दानाबारीमा परिवारले जानकारी गराएको छ । बेपत्ताहरुको खोजीका लागि कालिध्वज गण इलाम, सशस्त्र प्रहरी बेसक्याम्प दानाबारी, इलाका प्रहरी कार्यालय दानाबारीले इलामको भूभाग र झापाका सुरक्षा निकायले झापातर्फ खोजी गरिरहेका छन् ।

Add comment


Security code
Refresh