June 23, 2017, Friday       आषाढ ९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतको गोवा पुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई गोवा विमानस्थलमा भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरले स्वागत गर्नुभएको थियो । स्वागतका लागि बिमानस्थलमा नेपालका लागि भारतीय राजदूत रञ्जित रे, भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललगायत विशिष्ट व्यक्तिले स्वागत गर्नुभएको थियो । गोवाको औपचारिक कार्यक्रममा प्रधानमन्त्री दाहालले बिशेष सम्बोधन गर्नुहुनेछ । साथै आजै राति नै जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपीङ र प्रधानमन्त्री  दाहालबीच भेट वार्ता हुने भएको छ । दिल्लीबाट नेपालका प्रधानमन्त्री दाहाल र भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बेलाई संगै राखेर एयर इन्डियाको जहाजमा गोवा पु¥याइएको थियो । आज नै प्रधानमन्त्री दाहालले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोव जुमासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

Comments   

0 #1 Mr Lalit Khadagale 2016-11-02 23:06
To
Nepal TV
10 Nov Mr Lalit Khadagale
To leave for Mauritius.
2008 like problem should not taker place.
Therefore be with him.
Cover latest war news India surrounded by China. If with Mr Lalit
From Mr Lalit Khadagale
704-10 Ashik building
Vasant Vihar
2 Pokhran road
Thane west
400601
Maharashtra
India
Quote

Add comment


Security code
Refresh