November 21, 2017, Tuesday       मंसिर ५, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

चितवन, कर्तिक २१ । सरकारले निर्वाचन आचारसंहिताविपरीत चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा लिने शुल्क मिनाहा गरेको छ । मन्त्रीपरिषदको बैठकले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा लिइदै आएको शुल्क हटाउने निर्णय गरेको हो । हिजो बसेको मन्त्रीपरिषद बैठकले सो बाटोमा यात्रा गर्दा शुल्क नलिने निर्णय गरिएको चितवन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डले पुष्टि गर्नु भएको हो । मंगलबार विहान भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उहाँले आफ्नोे प्रस्तावमा मन्त्रीपरिषदले माडीका स्थानीयले निकुञ्ज प्रवेशमा तिर्दै आएको शुल्क हटाउने निर्णय गरेको दावी पनि गर्नु भयो । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार पाण्डेले चितवन राष्ट्रिय निकुन्जमा सुरुङ मार्ग र आकाशे पुल बनाउँछु भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने पनि तत्काल त्यो सम्भव नरहेको दावी पनि गर्नुभयो । आफ्ना प्रतिस्पर्धी दाहालले रोल्पा र सिरहामा विकास गर्छु भनेपनि केही नगरेको उहाँको आरोप छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष पाण्डेबीच चितवन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा हुँदैछ ।

Add comment


Security code
Refresh