June 23, 2017, Friday       आषाढ ९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

उर्लाबारी, ५ असोज । वर्षायाम सकिसक्दासमेत पूर्वी क्षेत्रमा भारी वर्षा भइरहेको छ । केही दिनयता वर्षा रोकिए पनि हिजो साँझदेखि पुनः सुरु भएको भारी वर्षाका कारण खोला तथा नदीहरुमा जलस्तर बढ्दा बाढीको जोखिम देखिएको छ । खासगरी सुनसरी, मोरङ र झापाका खोला तथा नदीहरुमा ठूला बाढी आएको छ । खोलामा पानीको बहाब बढेपछी स्थानीयबासी त्रसीत भएका छन् । कतिपय ठाउँमा बाढी समेत पसिसकेको छ भने कतिपय ठाउँमा बाढी पस्ने खतरा रहेको छ । वर्षाको पानी जम्दा गाउँघरहरु पनि जलमग्न भएका छन् भने कृषकहरुले लगाएको बालीमा समेत क्षति पुगेको छ । मोरङमा गएरातिदेखि भएको वर्षा २ दशक यताकै ठूलो भएको बताइएको छ । यता मुसलधारे वर्षाका कारण मोरङको पथरीशनिश्चरेस्थित जिरिखिम्ती वस्ती संकटमा परेको छ । डाँसखोलामा उर्लिएको बाढीले पशुपतिनगर क्षेत्रका २ घरमा क्षति पु¥याएको छ, दर्जनौं घरहरु संकटमा परेका छन् । यस्तै बक्राहा खोलामा उर्लिएको बाढीले उर्लाबारी, हसन्दह लगायतका क्षेत्रका जग्गा डुवानमा परेको छ । चिसाङ, लोहन्द्रा, गछिया, बुढी खोलामा आएको बाढीले पनि आसपासको वस्तीमा केही क्षति पु¥याएको छ । उता झापाको कन्काई नदीमा आएको बाढीले शिवसताक्षीका केही घरमा क्षति पु¥याएको छ । वर्षाका कारण दमक बजार समेत झलमग्न भएको छ ।  


Add comment


Security code
Refresh