March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, ९ असोज । केसलिया खोलाको बाढीका कारण विराटनगर–१६ का ३५ परिवार विस्थापीत भएका छन् । दुईदिनयता लगातार परेको पानीका कारण केसलिया खोलामा पानीको सतह बढेर खोलाको पानी बस्तीमा पस्दा विराटनगर–१६ सिमराही टोलका ३५ परिवार विस्थापित भएका हुन् । बाटो र घर डुबानमा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरेर विराटनगर–१६ कै बखरी निम्न माध्यमिक विद्यालयमा राखेको छ । ऋषिदेव समुदायको बस्ती रहेको सिमराहीटोलका घरहरुमा ४ फिटसम्म पानी जमेको छ । अचानक घर छोड्नुपर्ने भएपछि सरसामान र खाद्यान्न समेत ल्याउन नपाएका कारण विस्थापितहरुले भोकभोकै बस्न बाध्य भएको बताएका छन् । बिहान ११ बजेतिर खोलाको बाढी घरमा पसेको स्थानीय धमेन्द्र ऋषिदेवले जानकारी दिनुभयो । बस्तीको छेउमै रहेको केशलिया र फुफरी खोलाको जलस्तर बढेपछि अहिले सिमराही टोलसहित छेउछाउका टोल र सडकहरुमा घुँडाभन्दा माथि पानी जमेको छ ।

Add comment


Security code
Refresh