April 30, 2017, Sunday       बैशाख १७, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

सोलुखुम्बु, ९ असोज । सोलुखुम्बुको जुभिङमा माउण्टेन एयरको हेलिकोप्टर आज दुर्घटनामा परेको छ । हेलिकोप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् । जुभिङ–५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मिक रुपमा हेलिकोप्टरलाई जुभिङ–२ सिसाखानीको कोदोबारीमा अवतरण गराउनुभएको थियो । हेलिकोप्टरको अगाडिको भागमा ठोक्किएपछि क्षति पुगेको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो । बिरामी लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको उक्त हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । बिरामीसहित अन्य आफन्त ४ जना लिएर पुनः लुक्ला उडेको सो हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनापछि श्रीएयरको हेलिकोप्टरले उनीहरु सबैलाई उद्धार गरि लुक्ला पु¥याएको थियो ।

Add comment


Security code
Refresh