June 23, 2017, Friday       आषाढ ९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, १० असोज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले तत्काल संविधान संशोधन आवश्यक नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले संविधान संशोधनभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले संविधान हेरफेर गर्दै जाने हो भने असन्तुष्टि झन् बढ्ने र  अस्थिरता छाउने बताउनुभयो । उहाँले संविधान सशोधन गर्न सबै दलको सहमति आवश्यक भएकाले प्रतिपक्षी दललाई सहमतिमा नल्याई संविधान संशोधन हुन नसकने दाबी गर्नुभयो । उहाँले नयाँ संविधानले सातवटा प्रदेश कायम गरिसकेकाले यसैलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसको नेतृत्व तहले पनि मुलृुकको हितविपरीत काम गर्छ भने त्यसलाई स्वीकार गर्न नसकिने उहाँले बताउनुभयो । कोइरालाले राष्ट्रको हितविपरीत संविधान संशोधन गरिए त्यसमा आफूसहित कांग्रेस धेरै सांसदले हस्ताक्षर नगर्ने दाबी गर्नुभयो । पार्टीभित्र देखिएको गुट उपगुटका कारण कांग्रेस कमजोर बन्द गएकाले यस विषयमा नेतृत्व गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । पार्टीले त्यसलाई मिलाउन नसके पार्टीको छवि धमिलिदै जाने उहाँले बताउनुभयो ।

Add comment


Security code
Refresh