June 23, 2017, Friday       आषाढ ९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा विराटनगरमा पर्यटकहरुको स्वागत गरिएको छ । आज बिहान हवाइमार्गबाट विराटनगर आउने यात्रुहरुलाई विमानस्थलमा स्वागत गरिएको हो । विराट क्षेत्र पर्यटन प्रवद्र्धन समिति, नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काँकडभिट्टाले आज बिहान विराटनगर विमानस्थलमा एक कार्यक्रम गरी पहिलो उडानबाट विराटनगर आएका पर्यटकसहित सर्वसाधारणलाई स्वागत गरेका हुन् । सो अवसरमा बुद्ध एयरबाट आएका ७० जनालाई फूलमाला र पूर्वको पर्यटकीयस्थल उल्लेख गरिएको प्रचार सामग्रीसहित स्वागत गरिएको विराट क्षेत्र पर्यटन प्रवद्र्धन समितिका सदस्य खेम नेपालले जानकारी दिनुभयो । पूर्वमा आन्तरिक पर्यटकहरुको आगमन भइरहे पनि बाहिरी पर्यटकको आगमन उत्साहजनक नरहेको पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख गणेशप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । सरकारले काठमाडौं, पोखरा र लुम्बिनीलाई मात्र पर्यटकीय क्षेत्र मानेर कार्यक्रमहरु ल्याउने गरेकाले पूर्वसहित अन्य क्षेत्र ओझेलमा परेको पर्यटन व्यवसायीले गुनासो गर्ने गरेका छन् । 

Add comment


Security code
Refresh