December 15, 2017, Friday       मंसिर २९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, १३ असोज । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नयाँ संविधानमा छुटेका विषयलाई सम्बोधन गर्न सरकार सर्वपक्षीय छलफलमा जुटेको बताउनुभएको छ । नेपाल प्र्रेस युनियन मोरङले आज विराटनगरमा गरेको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री केसीले संविधानप्रति असन्तुष्टि जनाइरहेका मधेसी मोर्चा र थरुहटको माग पूरा गर्न सरकारले सबै दलहरुसँग निरन्तर छलफल गरिरहेको बताउनुभयो । मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउन दशैंअघि नै संविधान संशोधन प्रक्रिया अगाडि बढाइने जानकारीसमेत दिनुभयो । उहाँले तराई मधेशलाई दुःखी बनाएर सिंगो नेपाल खुसी नहुने भन्दै सबैको भावना समेटेर संविधान कार्यान्वयन गर्न सरकार लागिपरेको बताउनुभयो । मन्त्री केसीले २०७४ माघसम्ममा तीनै तहको निर्वाचन नगराए संविधान संकटमा पर्ने भएकाले निर्वाचन आवश्यक रहेको बताउनुभयो । मुख्य तीनदलले संविधान जारी गरेकाले यसको कार्यान्वयनका लागि पनि दलहरुबीचको एकता जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

Add comment


Security code
Refresh