May 30, 2017, Tuesday       जेष्ठ १६, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, १५ असोज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको प्रस्ताव अविलम्ब संसदमा दर्ता हुनुपर्ने बताउनुभएको छ । सद्भावना पार्टीद्वारा आज विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मधेशीहरुको माग पूरा नभएमा छठ पर्वपछि पार्टी आन्दोलनमा जाने स्पष्ट पार्नुभयो । मधेसी मोर्चाले गरेको तीनबुँदै सहमतिको अक्षरशः पालना हुनुपर्ने विषयमा जोड दिँदै उहाँले उक्त सहमतिअनुसार मधेस आन्दोलनका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने र आन्दोलनको क्रममा पक्राउ परेका व्यक्तिहरुको मुद्दा फिर्ता हुनुपर्ने उल्लेख गर्नुभयो । मधेसीहरुको भेषभुषा, संस्कृति र पहिचानको लडाइँ रहेको भन्दै उहाँले मधेसीको माग पूरा नभएको अवस्थामा अन्य दलले कुनै बहानामा मधेश आन्दोलन छोडेर गएपनि आफ्नो पार्टी मधेश आन्दोलनमा निरन्तर जारी राख्ने उद्घोष गर्नुभयो । पार्टीका वरिष्ठ नेता बद्री मण्डलले मधेशवादीका नेताहरुले के गरिरहेका छन् विषयमा मधेशका जनताले नियालेर हेरिरहेको प्रसङ्ग उल्लेख गर्दै मधेशको नारालाई बेचेर खाने नेताहरुबाट सजग हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका जिल्ला अध्यक्ष चन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दिलीप धाडेवा र राजेन्द्रकुमार गुप्तालगायतले मन्तव्य व्यक्त गर्नुभयो । सो अवसरमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका जिल्लासचिव राधे कामतसहितका ३२ जना सद्भावना पार्टीमा प्रवेश गरेका थिए ।

Add comment


Security code
Refresh