March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

इनरुवा, १६ असोज । सुनसरीको झुम्का बजारमा प्रतिबन्धित भारतीय तेलको कारोबार हुने गरेको पाइएको छ । व्यापारीहरुले प्रतिबन्धित दावत ब्राण्डको खाने तेल खुलेआम बिक्री गर्ने गरेको अनुगमनका क्रममा भेटिएको हो । स्थानीयको गुनासोका आधारमा सुनसरी प्रशासनको टोलीले बजार अनुगमनका क्रममा ठूलो परिमाणमा उक्त ब्राण्डको तेल बरामद गरी नष्ट गरेको छ । पसलैपिच्छे भारतीय तेल बिक्री गर्न राखिएको फेला परेपछि सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा नेतृत्वको टोलीले बरामद गरी नष्ट पारेको हो । गुणस्तर परीक्षण नभएको र भारतीय बजारबाट लुकाइछिपाइ ल्याउने उक्त तेल मानव स्वास्थ्यका लागि हानिकारक पुष्टि  भएकाले नेपाली बजारमा सो तेल बिक्री गर्न पाइँदैन ।  प्रशासनले गरेको झुम्का बजार अनुगमनका क्रममा अधिकांश पसलहरुले म्याद नाघेका सामान बिक्री गर्न राखेको पाइएको थियो । अनुगमन टोलीले विभिन्न किराना पसलहरुमा बिक्रीका लागि राखिएका म्याद नाघेका पेयपदार्थहरुसमेत नष्ट गरेको छ ।

Add comment


Security code
Refresh