April 25, 2017, Tuesday       बैशाख १२, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

झापा, १७ असोज । मेची सहायक राजमार्गअन्तर्गत चारआली–केचना सडक कालोपत्रे निर्माण कार्यको आज तेस्रोपटक शिलान्यास गरिएको छ । झापाको उत्तर–दक्षिणी गाविसका स्थानीयको चार दशकदेखिको मागलाई सम्बोधन गर्दै सडक विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकबाट शिलान्यास गराएको हो । यसअघि पहिलोपटक २०३१ सालमा झापाका तत्कालीन अञ्चलाधीश छिरिङतेन्जी लामा र दोस्रोपटक २०६८ सालमा भारतीय ठेकेदार कम्पनी राईट्स अफ लिमिटेडको अगुवाइमा सडकको शिलान्यास गरिएको थियो । दुईपटक शिलान्यास भएपनि सडक निर्माण कार्य अलपत्र परेपछि आज एक समारोहकाबीच मन्त्री लेखकले तेस्रोपटक शिलान्यास गर्नुभएको हो । भद्रपुृर–५ स्थित झापाचोकमा आयोजित कार्यक्रममा मन्त्री लेखक, सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलालगायतले चाराआली–केचना सडकसहित भद्रपुर–राजगढ कालोपत्रे सडकको समेत शिलान्यास गर्नुभयो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले बहुप्रतिक्षित केचना–चाराआली सडकखण्ड समयमा निर्माण हुने प्रतिवद्धता जाहेर गर्नुभयो । उहाँले समयमा निर्माण कार्य सम्पन्न गर्ने सडक विभागका कर्मचारी तथा ठेकेदारलाई निर्देशन दिइसकेको बताउँदै स्थानीयले पनि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । चाराआलीदेखि केचनासम्मको ४० किलोमिटर लामो कालोपत्रे निर्माण कार्यअन्तर्गत २० किलोमिटर सडक निर्माणको जिम्मा ठेकेदार कम्पनीहरु कालिका, कनकाई र याकथुमहाङ्ग जेभीले लिएका छन् । कुल ४१ करोड ६१ लख ८४ हजार रुपैयाँ बजेट रहेको सडकको निर्माण कार्य अवधि ३० महिना रहेको छ । पहिलो चरणमा चाराआलीदेखि पृथ्वीनगरको सोमबारेसम्म र दोस्रो चरणमा सोमबारेदेखि केचनासम्म निर्माण हुने कार्यक्रममा जानकारी गराइएको थियो । सडक कालोपत्रेको टेण्डर साउन २४ गते खोलिसकिएकाले तिहारपछि सम्झौता हुने हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले जनाएको छ । यता भद्रपुर–राजगढ सडकको शिलान्यास आज गरिए पनि निर्माण कार्य भने यसअघि नै सुरु भइसकेको छ ।

Add comment


Security code
Refresh