July 21, 2017, Friday       श्रावण ६, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, २० असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मधेसको समस्या समाधान र संविधान कार्यान्वयनका लागि सत्तारुढ दलले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि सँगै लिएर जानुु आवश्यक रहेको बताउनुुभएको छ । विजयादशमीको अवसरमा नेपाल ट्रेड युुनियन कांग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेको शुुभकामना आदानप्रदान कार्यक्रममा सिटौलाले एमालेको साथ बिना संविधान संशोधन हुुन नसक्ने दाबी गर्नुभयो । नेता  सिटौलाले मधेशको समस्या समाधानका लागि संविधान संसोधन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले एमालेलगायत सबै दलसँग छलफल गर्नुुपर्नेमा जोड दिनुभयो । उहाँले मुुख्य तीनदलको एकताकै कारण संविधान जारी भएकाले तीनै तहको निर्वाचन  र संविधान कार्यान्वयनका लागि पनि दलहरुबीच सहमति आवश्यक रहेको बताउनुुभयो । नेता सिटौलाले आगामी २०७४ साल माघ ७ गतेभित्र तीन तहको निर्वाचन गराउनुपर्ने बाध्यता दलहरुमाथि रहेको भन्दै सोहीअनुसार व्यवस्थापन गरेर अगाडि बढ्न नेता तथा कार्यकर्ता आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा सांसद अमृत अर्याल, पुष्कर आचार्य, ट्रेड युनियका पूर्वाञ्चल अध्यक्ष नारायणबाबु कार्की, मोरङ अध्यक्ष सुशील कोइराला, नेपाली कांग्रेस नगर सभापति भीम पराजुली, महिला संघ मोरङ सचिव प्रमिला थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

Add comment


Security code
Refresh