September 22, 2017, Friday       आश्विन ६, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, २० असोज । दशैंमा घर फर्कने यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै कोशी पहाडी जिल्लाका लागि बस र माइक्रो बसको संख्या थपिएको छ ।  विजयादशमी तथा दीपावलीका लागि घर फर्कने यात्रुको चाप बढेस“गै लामो तथा छोटो दूरीका सवारी साधनको संख्या थपिएको हो । धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाका लागि संयुक्त बस व्यवसायी संघले १४ वटा बस थप गरेको हो । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा हु“दै तेह्रथुम, भोजपुर र संखुवासभासम्मको रुटमा साविकमा दैनिक ४४ ओटा बस चल्थे । दशैं तिहारलाई लक्षित गरी थपिएका १४ सहित यो रुटमा चल्ने बसको संख्या अब ५८ पुगेको छ । संयुक्त बस व्यवसायी संघअन्तर्गत कोशी पहाडी रुटमा पूर्वाञ्चल, कोशी, सप्तकोसी र पूर्व नेपाल यातायात व्यवसायी संघका बसहरु सञ्चालनमा छन् । बस र माइक्रो बसको संख्या थपिएपछि घर फर्कने यात्रुले केही सुविधा महसुस गरेका छन् । यात्रुको आवागमन हेरेर अझै अरु बसको संख्या थप्न सकिने बताइएको छ । यसैबीच बस र माइक्रो बसले यात्रुसँग बढी भाडा असुलेको गुनासो आएपछि ट्राफिक प्रहरी धनकुटाले राजमार्गमा चेकिङ बढाएको छ ।

Add comment


Security code
Refresh