May 30, 2017, Tuesday       जेष्ठ १६, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, २० असोज । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान जारी हुनुअघि चार दलबीच भएको १६ बुँदे सहमति कांग्रेसले उल्लंघन गर्दा समस्या आएको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारर्मीहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले २०७२ असारमा कांग्रेस, एमाले, माओवादी र फोरम लोकतान्त्रिकबीच भएको सहमतिको पालना नहुँदा संविधान कार्यान्वयनमा जटिलता आएको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्ड र आफ्नो पहलमा त्यसबेला १६ बुँदे सहमति भएको बताउँदै उहाँले उक्त सहमति संविधान जारी भएसँगै कांग्रेसले तोडेकाले समस्या सिर्जना भएको बताउनुभयो । गच्छदारले स्थानीय निकायको निर्वाचन, प्रादेशिक निर्वाचन र संघीय संसदको निर्वाचन ०७४ माघसम्ममा सक्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले समयसीमा छोटो भएका कारण पनि ठूला दलहरुले आफ्नो छाती ठूलो पारेर छठभित्रै सहमति गर्ने र संविधान संशोधन गर्ने काम सक्नुपर्नेमा जोड दिनुभयो । अहिलेको समस्या समाधान गर्न सहमति एकमात्रै विकल्प भएको भन्दै गच्छदारले मधेशी र थारुले उठाएका जायज मागको सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

Add comment


Security code
Refresh