April 25, 2017, Tuesday       बैशाख १२, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

तेह्रथुम, २९ असोज । प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा तेह्रथुम जिल्लामा अवस्थित दक्षिण एसियाकै अग्लो ह्यात्रुङ भरना ओझेलमा परेको छ । तेह्रथुमको इसिवु र सम्दु गाविसको सिमानामा रहेको ३ सय ६५ मिटर अग्लो ह्यात्रुङ्ग झरना प्रचारप्रसार र उचित व्यवस्थापन नहुँदा ओझेलमा परेको हो । निजी तथा सरकारीस्तरबाट कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको ह्यात्रुङ झरना ओझेलमा परेको ईसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम्सिना बताउनुहुन्छ । झरनासम्म आवतजावतका लागि पक्की सडकको निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम सरकारले ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । सदरमुकाम म्याङलुङ्गबाट ५ घण्टा पैदल हिंडेर झरनासम्म पुग्न सकिन्छ । झरनाको बीचबीचमा प्रत्येक दिनजसो सप्तरंगी इन्द्रेणीको दृश्य देखिन्छ ।

Add comment


Security code
Refresh