June 23, 2017, Friday       आषाढ ९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, वैशाख १२ : राजधानीमा जारी एएफसी अण्डर फोर्टिन महिला क्षेत्रीय च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साविक विजेता नेपाल यसपटक पनि उपाधि रक्षाको प्रयासमा हुनेछ । तर, बलियो टोली बंगलादेशको कडा चुनौती पन्छाउन भने नेपाललाई सहज हुने छैन । जारी प्रतियोगितामा नेपाल र बंगलादेश दुबै अपराजित टोली हुन् । साथै नेपाल समूह क को विजेता हो भने बंगलादेश समूह ख को बिजेता हो । नेपाल सेमीफाइनलमा हिजो भारतलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो भने बंगलादेश इरानलाई २–० ले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल हुनु अघि आजै तेस्रो स्थानका लागि भारत र इरान भिड्नेछन् ।

Add comment


Security code
Refresh