October 20, 2017, Friday       कार्तिक ३, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, असार ३ः चिलीमा जारी अमेरिकी महादेशको सबैभन्दा ठुलो प्रतियोगिता कोपा अमेरिका फुटबलमा ब्राजिल कोलम्बियासँग पराजित भएको छ । आज बिहान भएको खेलमा ब्राजिलाई हराउँदै कोलम्बियाले जारी प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा ब्राजिल कोलम्बियासँग १–० ले पछि प¥यो । समुह सी अन्तर्गतको खेलको ३६ औं मिनेटमा कोलम्बियाका जेसन मुरिल्लोले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफमा गोल गर्ने केही मौका बनाएपनि गोल गर्न भने सकेन् र खेल कोलम्बियाले जित्यो । हारपछि समुह सी मा रहेको ब्राजिल भेनेजुएलासँग समान ३ अंक भएपनि अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । ब्राजिलले पहिलो खेलमा पेरुलाई २–१ ले हराएको थियो । जितपछि कोलम्बियाको पनि समान ३ अंक भएपनि गोल अन्तरका आधारमा समुह सी को तेस्रो स्थानमा छ । खेलको समाप्तीपछि दुबै टोलीका खेलाडीहरुविच केही वेर तनाव भएपछि रेफ्रीले ब्राजिलका नेईमार र कोलम्बियाका कार्लोस बाकालाई रातो कार्ड देखाएका छन् । नेयमारले अब भेनेजुएलासँग हुने समुह चरणको अन्तिम खेल खेल्न नपाउने भएका छन् । निकै फर्ममा रहेका नेयमारले आगामी खेल गुमाउने पक्का भएपछि ब्राजिललाई ठूलो झड्का लागेको छ । आज खेल सकिएपछि नेयमारले हानेको बलले कोलम्बियाका अर्मेरोलाई लाग्दा केहीबेर तनाव उत्पन्न भयो । लगत्तै कोलम्बियाका बाकाले पछाडिबाट धकेलेपछि दुबै खेलाडी विवादमा उत्रिएका थिए ।

Add comment


Security code
Refresh