March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, असार १५ः आयोजक राष्ट्र चिली कोपा अमेरिका कप फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा सीमित भएको पेरुलाई २–१ ले पराजित गर्दै चिली पहिलो पटक कोपा अमेरिकाको उपाधि नजिक पुगेको हो । २० औं मिनेटमा डिफेन्डर कार्लोस जामब्रानोलाई रेफ्रिले रातो कार्ड देखाएर मैदान बाहिर पठाएपछि पेरु १० खेलाडीमा सीमित भएको थियो । जामब्रानोले चिलीका चाल्र्स अरांगेजको ढाडमा खुट्टाले हानेपछि रेफ्रिले उनलाई रातो कार्ड देखाएका थिए । चिलीका लागि ४२ औं मिनेटमा एडवार्डो भर्गासले गोल गर्दै सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको चिलीका लागि खेलको ६० औं मिनेट असहज बन्यो । बल क्लियर गर्ने क्रममा चिलीका ग्यारी मेडलले आफ्नै पोस्टमा बल प्रहार गरी गोल गरे । ग्यारीले गरेको आत्मघाती गोलपछि खेल १–१ को बराबरीको अवस्थामा पुग्यो । तर ६४ औं मिनेटमा भर्गासले व्यक्तिगत दोस्रो गोल गर्दै चिलीलाई २–१ को अग्रता दिलाए । खेलमा त्यसपछि गोल हुन सकेन र पेरुलाई २–१ ले पराजित गर्दै चिली २८ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश ग¥यो । चिलीले अब उपाधिकालागि भोलि हुने अर्जेन्टिना र पाराग्वेबीचको दोस्रो सेमीफाइनलको बिजेतासँग आगामी शनिबार खेल्नेछ ।

Add comment


Security code
Refresh