August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, १७ भदौ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधि वाहिद कारडानीको उपस्थितिमा बिहीबार काठमाडौंमा भएको चुनावमा उमेशलाल प्रधानलाई ९ मतले पछाडि पार्दै श्रेष्ठ चार वर्षे कार्यकालमा लागि नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले १७ मत ल्याउनुभयो भने प्रधानले ९ मत ल्याउनुभयो । ओलम्पिक कमिटीको यसअघिको कार्यसमितिमा श्रेष्ठ महासचिव तथा प्रधान उपाध्यक्ष हुनुहुन्थ्यो । श्रेष्ठ नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ भने प्रधान एमालेकी दिवंगत नेतृ सहाना प्रधानका पुत्र हुन् ।  ओलम्पिक कमिटीको महासचिवमा एमालेकै लामा टेण्डी शेर्पा १७ मत ल्याएर विजयी हुनुभएको छ । महासचिवका अर्का उम्मेदवार छिमी उर्केन गुरुङले ८ तथा दीपराज गुरुङले १ मत ल्याउनुभयो । चार जना उपाध्यक्षमा ज्योति राणा, पुरेन्द्रविक्रम लाखे, धीरेन्द्रकुमार प्रधान र राजेन्द्र वान्तवा तथा कोषाध्यक्षमा रतनकुमार टण्डन सर्वसम्मत रुपमा चयन हुनुभएको छ । उपमहासचिवमा राजिव श्रेष्ठ र चतुरानन्द वैद्यले बराबर मत ल्याएकामा गोलाप्रथाद्वारा श्रेष्ठलाई विजयी घोषित गरिएको छ । ९ जना सदस्यका लागि ११ जनाले उम्मेद्वारी दिएकामा दानबहादुर तामाङ र विनोद प्रजापतिबाहेकका उम्मेद्वार विजयी भएका छन् । नवनिर्वाचित कार्यसमितिले अक्टोबर महिनाबाट कार्यभार सम्हाल्नेछ ।

Add comment


Security code
Refresh