March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, ६ माघ । पूर्वाञ्चलकै सबैभन्दा बढी पुरस्कार राशि भएको विराट गोल्डकप फुटबल टुर्नामेन्ट निजी क्षेत्रको नेतृत्वमा माघ २८ गतेबाट विराटनगरमा सञ्चालन हुने भएको छ । माघ २८ गतेदेखि फागुन ८ गतेसम्म हुने प्रतियोगिताको चौथौ संस्करणका लागि  तयारीलाई तीव्र पारिएको बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो । यस वर्षको टुर्नामेन्टमा देशभित्रका ए डिभिजन क्लबहरुका साथै भारत, भुटान र बंगलादेशका चर्चित क्लबहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल टिम, थ्री स्टार क्लब, झापा–११, मोरङ–११, भुटान–११, जर्ज टेलिग्राफ भारत, बंगबन्धु बंगलादेश, युनाइटेड सिक्किम फुटबल क्लब र लक्ष्मी हुण्डाई मनाङ मस्याङ्दी क्लबसँग छलफल भइरहेको टुर्नामेन्ट आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो । प्रतियोगितालाई व्यवस्थित गर्न आयोजक समितिले विभिन्न उपसमिति बनाएर तयारी अघि बढाइएको राउतले बताउनुभयो । उहाँले प्रतियोगिता सम्पन्न गर्न करिब ७५ लाख खर्च हुने अनुमान गरेको र आवश्यक प्रायोजनका लागि पहल थालेको बताउनुभयो । टुर्नामेन्ट आयोजनाका लागि एशियन थाई फुड्स प्रालिको रमपम तयारी चाउचाउ र मारुती सिमेन्टले १०–१० लाख रुपैंयाँमा मुख्य प्रायोजक बन्ने प्रस्ताव स्वीकार गरिसकेको जनाइएको छ । प्रतियोगिताको विजयी टिमले ५ लाख एक हजार र उपविजेताले ३ लाख एक हजार रुपैंया प्राप्त गर्नेछ । आयोजकले प्रतियोगिताबाट बाहिरिने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार दिने जनाएको छ ।

Add comment


Security code
Refresh