Sunday, June 13, 2021
Home > अन्तराष्ट्रिय समाचार > पञ्चतत्वमा विलीन भए भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी

पञ्चतत्वमा विलीन भए भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी

  भदौ १,दिवंगत भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी पञ्चतत्वमा विलीन हुनु भएको छ । उहाँलाई दिल्लीस्थित यमुनाको किनारमा रहेको स्मृतिस्थलमा धर्मपुत्री नमिता भट्टाचार्यले दागबत्ती दिएकी छिन । दिल्लीमा रहेको भारतीय जनता पार्टीको मुख्यालयबाट निस्किएको शवयात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, मन्त्रीहरु तथा कुटनीतिज्ञहरु सहभागी थिए । दिवंगत नेता वाजपेयीलाई श्रदाञ्जली दिन नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुक, अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाई, पाकिस्तानका कानुनमन्त्री, बंगलादेशका विदेशमन्त्रीलगायतका कुटनैतिक व्यक्तिहरु दिल्ली पुगेका थिए । वाजपेयीको ९३ वर्षको उमेरमा विहीबार निधन भएको थियो । भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री बन्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *