Sunday, May 09, 2021
Home > मुख्य समाचार > भद्रपुरमा मोटरसाइकल दुर्घटना

भद्रपुरमा मोटरसाइकल दुर्घटना

(भद्रपुर)
झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटनमा परी एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–८ निवासी २० वर्षीय किशोर प्रधान रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा सोही ठाउँका २० बर्षीय प्रताप तामाङ र २६ बर्षीय आशिष राई गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान साढे १ बजे केचना—चाराआली सडक खण्ड अन्तरगत भद्रपुर ४ स्थित झिलमिलीया पुल नजिकै दक्षिणीबाट उत्तरतर्फ आइरहेको मे ४ प ७७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकलमा तीन जना सवार थिए । मोटरसाइकल चालक प्रधानको उपचारको क्रममा ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा मृत्यु भएको हो । घाइते दुवै जनाको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *