Saturday, May 08, 2021
Home > मुख्य समाचार > रंगेली नगरपालिका खुल्ला दिसापिसाबमुक्त घोषणा

रंगेली नगरपालिका खुल्ला दिसापिसाबमुक्त घोषणा

रंगेली, २९ कार्तिक । मोरङको रंगेली नगरपालिकालाई खुल्ला दिसापिसाबमुक्त नगरपालिका घोषणा गरिएको छ ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालीकालाई खुल्ला दिसापिसाबमुक्त नगरपालीका घोषणा गरेको हो । खुल्ला दिसापिसाबमुक्त नगरका लागि आवश्यक सूचक पूरा गर्दैे नगरपालीकालाई खुल्ला दिसापिसाबमुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको हो । मोेरङ क्षेत्र नं.५ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शिवकुमार मण्डलले खुल्ला दिसापिसाबमुक्त नगरपालिका घोषणा गर्नुभयो । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले खुल्ला दिशापिसाबमुक्त नगरपालीकाका लागी आवश्यक पर्ने सूचक पूरा गर्दै नगरलाई खुल्ला दिसापिसाब मुक्त नगरपालीका घोषणा गरीएको जानकारी गराएका थिए । सो अवसरमा मण्डलले खुल्ला दिसापिसाबमुक्त नगरको व्यानरमा हस्ताक्षर गर्नुभएको थियो भने सहभागी मेयर, उपमेयर, वडाअध्यक्ष सहित जनप्रतिनिधी तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले सामूहिक प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *