Saturday, May 08, 2021
Home > मुख्य समाचार > वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड

वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड

काठमाडौ, ३० कार्तिक । नेपालले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको छ ।

श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रको रुपमा रहेको ‘कोलम्बो प्रोसेस’ अन्तर्गतको मन्त्रीस्तरीय परामर्श बैठकमा नेपालले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको हो । आज काठमाडौंमा वैदेशिक रोजगारमा कामदार पठाउने एशीयाका १२ देशका मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारमा जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता देशले नै व्यहोर्नुपर्ने जरुरी रहेको पनि बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले मुलुकको आर्थिक विकासमा ठूलो योगदान दिने कामदारहरुको सुरक्षाको पक्षमा दृढतापूर्वक अभिन पनि सो मन्त्रीस्तरीय परामर्श बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन बैठकले महत्वपूर्ण निर्णय लिने बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई ठगिन नदिन बैठकले ठोस धारणा तय गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

बैठकमा बिहिबार सम्पन्न श्रम सचिवहरुको बैठकले पेश गरेको एजेन्डामाथि छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिनुभयो । कोलम्बो मन्त्रीस्तरीय परामर्श बैठकमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, श्रीलंका, भियतनाम, इन्डोनेशिया, कम्बोडिया, अफगानिस्तान, चीन सहभागी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *