Sunday, July 25, 2021
Home > अन्तराष्ट्रिय समाचार > सिकागोमा अन्धाधुन्ध गोली प्रहार, चारको मृत्यु

सिकागोमा अन्धाधुन्ध गोली प्रहार, चारको मृत्यु

अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । सिकागोको मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट अस्पतालका दुई महिला कर्मचारी, एक जना प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ । प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारीको मृत्यु भएको बताइएको छ । ज्यान गुमाउने दुई महिला मध्ये एक जना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेको सिकागोका मेयरले जानकारी गराउका छन । घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन् । आक्रमणकारीले आफनी प्रेमिकालाई निशाना बनाएर गोली प्रहार गरेको बताइएको छ । तर घटनाको उद्देश्य स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कयौं राउन्ड गोली चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *