Sunday, July 25, 2021
Home > आर्थिक समाचार > सातौ राष्ट्रिय कर सप्ताह

सातौ राष्ट्रिय कर सप्ताह

करः समृद्ध नेपाल, सुखी नेपालीको भर भन्ने मुल नाराका साथ मनाइएको सातौ राष्ट्रिय कर सप्ताहका अवसरमा इलाममा पनि विभिन्न चेतनामुलक कार्यक्रम र अन्तरक्रिया आयोजना गरिएको छ । इलामको देउमाई नगरपालिकामा आयोजना गरिएको कर सम्बन्धि अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरुले जनताको करले नै राज्य संचालन हुने भएकाले नाफामूलक व्यवसायबाट कर तिर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका छन । प्रदेश सभा सांसद राम रानाले कर समयमा तिर्ने बानीको विकास गरेमा व्यवसायि आफैलाई फाइदा हुने बताउनुभयो । देउमाई नगर पालिकाका प्रमुख सुर्य पोख्रेलले कर तिरेर मात्र सेवा सुविधामा भर पर्न सकिने बताउनु भयो । करदाता सेवा कार्यालय इलाम र इलाम उद्योेग बाणिज्य संघ शाखा मंगलबारेको आयोजनामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख बोधराज आचार्यले मेची पहाडी तीन जिल्ला र झापा माइ पुर्वमा ५२ हजारले कर दर्ता गरेकोमा ६० प्रतिशतले मात्र नियमित रुपमा कर बुझाउने गरेको पाइएको बताउनु भयो । यस्तै भ्याटमा दर्ता पाँच हजारमा बीस प्रतिशत मात्र नियमित रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *