Saturday, May 08, 2021
Home > राष्ट्रिय समाचार > वर्तमान सरकार पूर्ण रुपमा असफल भएको महतोको दावी

वर्तमान सरकार पूर्ण रुपमा असफल भएको महतोको दावी

जनकपुर, ८ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोले केपी शर्मा ओलीको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताउनु भएको छ ।

महतोले राष्ट्रिय जनता पार्टीको छिट्टै बस्ने बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि बताउनुभयो । राजपा नेपालका संयोजक बनेपछि पहिलो पटक जनकपुर आउनु भएका महतोले जनकपुर विमान स्थलमा संचारकर्मीसंग कुराकानी गर्दै वर्तमान सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले वर्तमान सरकारले जनताको समस्यालाई समाधान गर्न ध्यान नदिएको बताउनुभयो । संयोजक महतोले सरकारलाई आफनो पार्टीले समर्थन गरेपछि सरकारद्वारा आफुहरुको माग पुरा गर्ने विषयमा कुनैपनि सकारात्मक काम नभएको जिकिर गर्नुभयो । उहाँले आफु राजपा संयोजक चक्रिय प्रणाली अनुसार बनेको भन्दै पार्टीमा कुनैपनि प्रकारको विवाद नरहेको बताउनुभयो । महतोले पार्टीको महाधिवेशन र्निधारित मितिमा सम्पन्न हुने जानकारी पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *