Saturday, June 12, 2021
Home > मुख्य समाचार > प्रदेश २ मा सांसदका लागि पनि गाडी किनिदै

प्रदेश २ मा सांसदका लागि पनि गाडी किनिदै

जनकपुर, २४ पुष । प्रदेश २ को प्रदेशसभा सचिवालयले सांसदहरूका लागि दुईवटा टोयोटा हाइस गाडी किन्ने तयारी गरेको छ ।

प्रदेश नम्बर २ का प्रदेशसभा सांसदहरूलाई घर र डेराबाट प्रदेशसभा भवन ल्याउन र लैजानका लागि प्रदेशसभा सचिवालयले गाडी किन्न लागेको हो । प्रदेश सभा सचिवालयका उपसचिव रञ्जित यादवले कतिपय सांसदहरूलाई प्रदेशसभा भवन आउन जानका लागि निजी सबारी साधन नभएको हुनाले उनीहरूलाई प्रदेश सभामा ल्याउन र घरसम्म पुर्याउनका लागि दुईवटा हाईस गाडी खरिद गर्न लागिएको बताउनुभयो । त्यस्तै प्रदेशसभा सचिवालयले प्रदेशका १ सय ७ जना सांसदहरूलाई ल्यापटप दिने प्रक्रिया पनि अगाडि बढाएको छ । कुल १ सय १८ वटा ल्यापटप किन्नका लागि टेन्डर आह्वान गरिएको हो । प्रदेश सभालाई पेपरलेस बनाउने उद्देश्यले सबै सांसदलाई ल्यापटप दिन लागिएको उपसचिव यादवले बताए । ल्यापटप चलाउन नजान्ने सांसदलाई सचिवालयको आईटी कक्षमा प्रशिक्षण दिइने र चलाउन नजानेको खण्डमा उनका अधिकृत स्तरका स्वकीय सचिवले ल्यापटप चलाउने उपसचिव यादवले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *