Sunday, May 09, 2021
Home > खेलकुद समाचार > विराटनगरमा चङ्गा प्रतियोगिता

विराटनगरमा चङ्गा प्रतियोगिता

विराटनगर, २८ पुष । मारवाडी युवा मञ्चले विराटनगरमा चंगा प्रतियोगिता आयोजना गरेको छ ।

विराटनगर २ शंकरपुरस्थित खुल्ला चौरमा आयोजना गरिएको प्रतियोगितामा ३ दर्जन चंगा उडाउने समूह सहभागि भएका छन । प्रतियोगितात्मक सो प्रतिस्पर्धामा विराटनगरका महेन्द्र सिंघी र कमल सिंघानियाको समूह प्रथम र दिनेश चौरडिया तथा कमल डागाको समूह दोश्रो भएको छ । विजयीलाई संघीय संसदका सांसद मोती दुगडले पुरस्कार हस्तान्तरण गर्नुभयो । बिजयी समूहलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक मधुर दुगडले बताउनुभयो । मारवाडी समुदायले माघे संक्रान्तिको अवसरमा चंगा उडाएर मनोरंजन गर्ने पारम्परिक प्रचलन अनुसार विराटनगरमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष शेरसिंह दुगडले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *