Sunday, May 09, 2021
Home > मुख्य समाचार > २ नम्बर प्रदेशका मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना

२ नम्बर प्रदेशका मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना

जनकपुर, ३० पुष । २ नम्बर प्रदेशका मन्त्रीबाट कुटिएका उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा आज उपचारको लागि अस्पतालमा भर्ना हुनुभएको छ ।

आर्थिक मामिलामन्त्री विजय यादवले आफूले भनेको गैरसरकारी संस्थालाई काम नदिएको झोकमा झालाई मन्त्रालयमा बोलाएर कुटपिट गर्नुभएको थियो । कुटपिटबाट घाइते भएका झा राति नै जनकपुरको केयर मेडिकल सेन्टरमा भर्ना हुनुभएको छ । झाले राति अली अप्ठ्यारो भएपछि अस्पताल भर्ना भएको जानकारी दिनुभयो । उहाँले छाति, पिठ्यु र गाला दुख्न थालेपछि अस्पताल भर्ना हुनु परेको जानकारी दिनुभयो । मन्त्रीको कुटपिटबाट गालासहित शरीरका विभिन्न भागमा दुखाइको महसुस भइरहेको सचिव झाले बताउनुभयो । यता, उपचारमा संलग्न चिकित्सक डा. मितु झाले शरीरका विभिन्न भागमा समस्या देखिएको र उपचार भइरहेको जानकारी दिनुभयो । आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *