Sunday, May 09, 2021
Home > मुख्य समाचार > मोरङको धनपालथानका सिमान्तक्षेत्रहरुमा तस्करीको धन्दा

मोरङको धनपालथानका सिमान्तक्षेत्रहरुमा तस्करीको धन्दा

मोरङ । मोरङको धनपालथान गांउपालिकाका सिमान्तक्षेत्रहरुमा तस्करीको धन्दा मौलाएको छ । सेटिङ मिलाएर चलिरहेको तस्करी धन्दामा भारतबाट खाद्यान्न सहितका सामाग्रि ल्याउने र नेपालतर्फबाट गाइगोरु पठाउने गरिएको स्थानियले दाबी गरेका छन ।

विराटनगर रंगेली सडक खण्डमापर्ने कर्सिया बजारबाट ७ किलोमिटर दक्षिणस्थित धनपालथान गांउपालिका–२ को सिमान्त वडा खयरबनालाई तस्करहरुले गैरकानुनीरुपमा मालसामान भित्र्याउने सहज नाकाकोरुपमा प्रयोग गरिरहेका छन । खुला सिमानालाई उपयोगगर्दै तस्करहरुले भारततर्फबाट हार्डवेयर र खाद्यान्न लगायतका सामाग्रि भित्र्याउने गरेको स्थानियले बताएका छन । खयरबना नजिकै दक्षिणतर्फ रहेको भारतीय गांउ गरैयामा मालसामान स्टकगर्ने र अनुकुल समयमा नेपालतर्फ ओसार्ने गरिएको स्थानियले जानकारी दिएका छन । यतिखेर धानको खरीद बिक्री सिजन रहेकाले पारीबाट धान ओसार्ने क्रम तीब्र छ । बिहारका विभिन्न गांउ र शहरबाट ल्याइएका ट्रकका ट्रक धान गरैयामा अनलोड गरेर नेपालतर्फ ल्याउने गरिएको छ । दिनभरि साइकल र ठेलामा धान ओसारिन्छ भने रातको समयमा ट्रयाक्टर र टेम्पु प्रयोग गरेर खयरबनासम्म ल्याउने गरिएको स्थनियले जानकारी दिएका छन । भारतीय सिमाक्षेत्रमा खटिने एसएसबी समेत राती ८ बजेपछि क्याम्पतर्फ फर्किएपछि रातभरि धानसहितका अन्य सामाग्रि वसार पसार हुने गरेको स्थानीय बासिन्दाले बताएका छन । सेटिङ मिलाएरै संगठितरुमा तस्करी हुंदै आएको स्थानियको दावी छ ।

ओसारिएका धानहरु खयरबनाको सिमान्त बोर्डर छेउमै खोलिएका गल्लाकिरानामा स्टक गर्ने गरिन्छ र त्यहांबाट ट्रक तथा ट्रयाक्टरहरुमा लोडगरी सुनसरीमोरङका विभिन्न मिलहरुलाई सप्लाई गर्नेगरिन्छ । तस्करीगरि ल्याइएको धान खयरबनामा स्टकगर्ने गल्लाकिरानावालाहरुले नेपाली उत्पादन भनेर बैधानिक बिल काटेरै विराटनगरतर्फ पठाउने गरेका छन । खयरबना सिमान्तक्षेत्रमा इनरदेव साह, श्रवण साह,उचित लाल र उमेश साहले पुर्वपश्चिम दुवैतर्फ लस्करै धान संकलनगर्ने कांटा राखेका छन । यस्तै भारत गरैया निवासी मोहम्मद नाबिरले समेत एकजना नेपाली नागरीकको नाममा सोहि क्षेत्रमा कांटा राखेको स्थानीयले जानकारी दिएकाछन । त्यसरी खोलिएका काटां र सिमाक्षेत्रको भिजुअल खिच्नेक्रममा भारततर्फ खटिएका एसएसबी र गल्ला किराना राख्नेहरुले हामीलाई अवरोध गरेका थिए । तस्करीको लाइन मिलाउने गरेको भनेर आरोप लगाइएका शेरु भन्ने जयप्रकास साहले भने आफु धान खरीदबिक्रीको ब्यवसायमा संलग्न रहेपनि तस्करीमा संलग्न नरहेको दाबी गरेका छन । उनले भारतबाट आउने धान भने खरीद गर्ने गरेको स्वीकार गरेका छन ।

खयरबनामै अमाहीबरियाती प्रहरी चौकी छ भने ५ किलोमिटर दुरीमास्थित मायागंजमा सशस्त्र प्रहरी बलको बिओपी समेत छ । यता यस विषयमा अमाही बरियाती प्रहरी चौकीका इन्चार्ज प्रहरी साहायक निरीक्षक कलानन्द यादवले भने सिमाक्षेत्रमा खोलिएका गल्ला किरानावालाहरुले स्थानियस्तरमा उत्पादन हुने धान खरीदबिक्री गर्ने गरेको दाबी गर्नुभयो । यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले बोर्डरमै पसल र गोदाम राख्न अनुमति दिइएका कारण समस्या देखिएको बताउनुभयो ।

तस्करीको बिषयमा सुचना आएपछि मकालु टेलिभिजनसहित पत्रकारको टोली कर्सियाबाट खयरवानतर्फ जांदै गर्दा धान लिएर विराटनगरतर्फ आउदै गरेको कयौं ट्रक बाटोमा भेटिए त्यस्तै कयन ट्रयाक्टर र ट्रकहरु अन्यत्र लान खयरबनामा ठिक्क पारिएका समेत देखिए । राजश्व छली गरेर गरिने यस्ता तस्करी रोक्न सरोकारवालाको गंभीर ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *