Tuesday, June 08, 2021
Home > राष्ट्रिय समाचार > राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी

राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी भईरहेको बताउनुभएको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आज बसेको बैठकमा उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति बनाउने काम भएको बताउनुभएको हो । आयोगको प्रतिवेदनका आधारमा बनाईएको राष्ट्रिय शिक्षा नीति मन्त्रीपरिषद्मा पेस भईसकेको भन्दै उहाँले छलफल पनि छिट्टै टुंगोमा पुर्याउने दाबी गर्नुभयो । राष्ट्रिय शिक्षा नीति पास भएपछि सोही आधारमा विद्यालय र प्राविधिक शिक्षा संग सम्बन्धित र उच्च शिक्षा संग सम्बन्धित् दुई विधेयक ल्याउने तयारीमा मन्त्रालय लागेको स्पष्ट पार्नुभयो । उहाँले संघीय संचरचना अनुसार नै शिक्षाका सम्पुर्ण कार्यालयहरुलाई पुर्न संरचना गरिएको,बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *