Sunday, May 09, 2021
Home > मुख्य समाचार > प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण

प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण

विराटनगर । प्रदेश न. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाडले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक आज.प्रमाणिकरण गर्नुभएको छ ।

प्रदेशसभाको भदौ १० मा बसेको ४० औ बैठकले यो विद्येयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणिकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुल्ला भएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिक प्रदेश प्रमुखले विद्येयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताउनुभयो । प्रदेशसभाबाट पारित भई प्रमाणिकरणका आएका विधेयकको संख्या ३७ पुगेको छ । प्रदेश लोकसेवा आयोगलाई प्रदेश निजामति, प्रदेश प्रहरी, प्रदेश संगठित संस्था, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको विज्ञापन गरि कर्मचारी पदपूर्ति गर्ने अधिकार दिएको छ । आयोग गठन गर्दा १ अध्यक्ष र २ सदस्यको प्रावधान राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *