Sunday, July 25, 2021
Home > खेलकुद समाचार > नेपालले कुवेतसँग बराबरी खेल्यो

नेपालले कुवेतसँग बराबरी खेल्यो

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको गएराति भएको खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ ।

पहिलो खेलमा घरेलु टिम जोर्डनसँग फराकिलो अन्तरको पराजय भोगेको नेपालले दोस्रो खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा १–१ को बराबरी खेलेको हो । जोर्डनस्थित प्रिन्स मोहम्मद स्टेडियममा भएको खेलमा नेपालले खेलको ७४ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि दिपेश राईले गोल गरेका थिए । यता कुवेतले भने खेलको अन्तिम मिनेटमाा गोल गर्दै खेल बराबरीमा ल्याएको हो । कुवेतका लागि अब्दुलाब अल्हिन्नदीले पेनाल्टीमार्फत गोल गरे । नेपाल प्रतियोगिताको समूह ए मा छ । समूह एमा नेपालसँगै जोर्डन, कुवेत, श्रीलंका र ताजकिस्तान रहेका छन् । नेपाल रहेको समूहमा जोर्डन र ताजकिस्तानले समान १–१ खेलमा जित निकाल्दै ३ अंक जोडेका छन । त्यस्तै २ खेल खेलेको कुवेतले १ जित र १ बराबरीसहित ४ अंक जोडेको छ । समान २ खेल खेलेको नेपालले १ पराजय र १ बराबरी खेल्दै १ अंक जोडेको छ । त्यस्तै २ खेल खेलेको श्रीलंका दुवै खेलमा पराजित बन्दै अंकबिहीन छ । यसअघि नेपाली यू १५ टोली दक्षिण एसियाली खेलकुदमा उपविजेता बन्न सफल भएको थियो । प्रतियोगितामा ४८ वटा देशले भाग लिनेछन । नेपालले बाँकी खेलमा असोज ३ गते ताजकिस्तान र असोज ५ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *