Sunday, May 09, 2021
Home > खेलकुद समाचार > चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश

चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश

उपाधिको दाबेदार नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापामा जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

उपाधि नजिक पुगेको चर्च ब्वाइजले १–० गोलको नतिजाबाट पुलिसको चुनौती समाप्त पारेको हो । आज भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा निर्णायक गोल भएको थियो । पहिलो हाफमै अग्रता लिने अवसर पुलिसले गुमाएको थियो । पुलिसले पेनाल्टी सुटको अवसरमा पनि गोल गर्न नसकेको हो । खेलको २६औँ मिनेटमा सुनिल खड्काले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । १० वटा टिम सहभागी गोल्डकपमा सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल खेलमा भिड्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *