Sunday, May 09, 2021
Home > राष्ट्रिय समाचार > संखुवासभामा उपनिर्वाचनको माहौल तातिँदै

संखुवासभामा उपनिर्वाचनको माहौल तातिँदै

आगामी मंसिर १४ गते हुन लागेको संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष र खाँदवारी नगरपालिका ३ नम्बर वडाध्यक्षको निर्वाचनमा दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्र बनाएका छन ।

निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता संगै उमेद्धवार घर घर पुगेका छन । अहिले ठूला दल नेकपा र नेपाली कांग्रेससहित साना दलले पनि त्यतिकै चुनावी प्रचार प्रसार तिव्र बनाएका छन । उमेद्धवारहरुले मतदातामाझ विकास निर्माण लगायत बेरोजगार समस्याको समाधान गर्ने बाचा गदै घर तथा काम गरिरहेका खेत बारीमा पुगेर आफुलाई मतदान गर्न अनुरोध गर्ने गरेका छन । जिल्लाका ठूला दलले जनताको दुख सुखमा साथ दिने र विकास निर्माण, रोजगार, शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा उल्लेख्य कार्य गर्ने मतदातामाझ प्रतिबद्धता ब्यक्त गरेका छन । मकालु गाउँपालिकामा अध्यक्ष पदकालागि नेकपाबाट तेजबहादुर पोखरेल र कांग्रेसका उमेद्धवार बिमन पराजुलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अध्यक्ष पदमा सातवटा दलले उम्मेद्धवारी दर्ता गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *