Sunday, May 09, 2021
Home > खेलकुद समाचार > युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरण पुग्ने सबै १६ टिमको टुंगो लाग्यो

युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरण पुग्ने सबै १६ टिमको टुंगो लाग्यो

युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरण पुग्ने सबै १६ टिमको टुंगो लागेको छ ।

गएराति समूह चरणको अन्तिम खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टोलीको तय भएको हो । यस सिजन प्राय सबै ठूला क्लबले नकआउट चरणमा स्थान बनाएका छन् । साविक विजेता लिभरपुलसहित सर्वाधिक सफल क्लब रियल मड्रिड लगायतले नकआउट चरणमा स्थान बनाएका छन् । च्याम्पियन्स लिगको नकआउट चरणमा इन्ग्लिश प्रिमियर लिग र स्पेनिस ला लिगा खेल्ने क्लबको वर्चश्व रहेको छ । इंग्ल्याण्डबाट र स्पेनबाट समान चार चार टिम नकआउट चरणमा पुगेका छन् । इंग्ल्याण्डबाट लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र टोटेनहमले नकआउट चरणमा स्थान बनाएका छन् । यस्तै स्पेनबाट बार्सिलोना, रियल मड्रिड, भ्यालेन्सिया र एट्लेटिको मड्रिडले अन्तिम १६ को यात्रा तय गरेका छन् । यस्तै इटालीबाट युभेन्ट्स, नापोली, एट्लान्टा, जर्मनबाट वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लिपजीग तथा फ्रान्सबाट पेरिस सेन्ट जर्मेन र लियोनले नकआउट चरणमा स्थान पक्का गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *