Sunday, May 09, 2021
Home > मुख्य समाचार > धनुषाका विभिन्न स्थानमा शंकास्पद वस्तुको आतंक

धनुषाका विभिन्न स्थानमा शंकास्पद वस्तुको आतंक

जनकपुरधामसहित धनुषाका विभिन्न स्थानमा शंकास्पद वस्तुको आतंक बढेको छ । शुक्रवारदेखि यता एक ठाउँमा बम बिस्फोट भएको छ भने शंकास्पद वस्तु फेला पर्ने क्रम जारी रहेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित श्री उच्च माध्यमिक विद्यालयको लेखा शाखाको झ्यालमा शंकास्पद वस्तु फेला परेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले बताउनुभयो । अहिले स्कुल क्षेत्रमा प्रहरी परीचालन गरिएको छ भने सर्वसाधारणलाई त्यस क्षेत्रमा प्रवेशमा रोक लगाईएको छ । त्यसैगरी जनकपुरको मल्सि एरियामा एउटा खाली ठाउमा विना नम्बरको मोटरसाईकल राखिएको पाइएपछि अहिले सो क्षेत्रमा समेत त्रास फैलिएको छ । गएराति जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ संकट मोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटो र आज विहान वडा नं. ९ मै सरस्वती नमुना माविको नजिक पनि शंकास्पद वस्तु फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले विभिन्न स्थानहरुमा शंस्कास्पद वस्तु पाइएकाले नेपाली सेनाले सो वस्तु बम हो वा होइन भन्ने एक्किन गरी निष्क्रिए बनाउने बताउनुभयो । यता धनुषाका प्रमुख जिल्ला अधिकारीले नेकपा विप्लवले पूर्व निर्धारित योजना अनुरुप नै शंकास्पद वस्तु राखेका हुन सक्ने मताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *