Sunday, May 09, 2021
Home > राष्ट्रिय समाचार > महिला बेचबिखन तथा बाल यौन शोषणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

महिला बेचबिखन तथा बाल यौन शोषणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

सुनसरीको इटहरीमा महिला बेचबिखन तथा बाल यौन शोषणसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यसहित आजदेखि प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

पछिल्लो समय नेपालमा बढ्दै गएका महिला बेचबिखनका घटनालाई मध्यनजर गर्दै क्विक रेस्क्यु टिम नेपालको आयोजनामा अर्फान भ्वाइस र सीएचएफएन सँगको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । महिला बेचबिखन तथा बालयौन शोषण न्युनिकरण, रोकथाम र घटनापश्चातको अवस्था कसरि सहज बनाउने भन्ने बिषयमा केन्द्रित रहेको तालिम ४ दिनसम्म सञ्चालन हुने रेस्क्यु टिमका अध्यक्ष बिक्रम वर्णवास येक्तेनले जानकारी दिनुभयो । तालिममा प्रदेश १ का विभिन्न सात वटा जिल्लाबाट सहभागीहरु भेला भएका छन् । तालिमको उद्घाटन कार्यक्रम इटहरीका व्यवसायी तथा रेस्क्यु टिमका सल्लाहकार बलरामा आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *