Sunday, May 09, 2021
Home > मुख्य समाचार > सिद्धबाबालाई ३ लाख धरौटीमा छोड्न अदालतको आदेश

सिद्धबाबालाई ३ लाख धरौटीमा छोड्न अदालतको आदेश

बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा छोड्न जिल्ला अदालत सुनसरीले आदेश गरेको छ ।

आज सकिएको थुकछेक बहसपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए । प्रहरीले गत मंसिर १६ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *