Sunday, May 09, 2021
Home > राष्ट्रिय समाचार > बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ३ सय ३९ जनाले ज्यान गुमाए

बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ३ सय ३९ जनाले ज्यान गुमाए

काठमाण्डौ ३ असोज
गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भएपनि यसवर्ष जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताउनुभयो । गृहमन्त्री थापाले प्रकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताउनुभयो । प्राकृतिक प्रकोपका कारण २ सय ५८ जना घाइते भएका छन भने ४ सय ८२ घर पूर्ण रुपमा क्षति भएको छ । प्राकृतिक प्रकोपमा परेकाहरुको व्यवस्थापनका लागि ‘विपद जोखिम व्यवस्थापन कोष’ बाट ५ करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको समेत गृहमन्त्री थापाले बताउनुभयो । प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरुको पूननिर्माणका लागि गृहमन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम सुरु गरिने पनि गृह मन्त्री थापाले बताउनुभयो । उहाँले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडीतहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीति अनुसार काम गरिएको पनि स्पस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *