Sunday, May 09, 2021
Home > मुख्य समाचार > बारामा बलात्कारको घटना लेनदेनमा मिलाउन जनप्रतिनिधिकै दबाब

बारामा बलात्कारको घटना लेनदेनमा मिलाउन जनप्रतिनिधिकै दबाब

बारा ८ असोज
बारामा बलत्कारको घटनालाई लेनदेनमा मिलाउने प्रयास गरेको पाइएको छ । सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिले नै घटना लेनदेनमा मिलाउन पीडित परिवारलाई दबाब दिएको पाइएको छ ।  सुवर्ण गाउँपालिका वडा नं.५ स्थित औरैयामा असोज १ गते शुक्रवार विश्वकर्मा पूजाको दिन स्थानीय एक १२ वर्षिया बालिका बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको अभिभावकले नेपाल–भारत सिमामा टाँगा चलाएर घरपरिवारको गुजारा चलाउँने गरेका छन् । असोज १ गते बेलुकी करिब ७ ः३० बजेको समयमा गाउँमा विश्वकर्मा पूजाको मेला हेर्न गएका उनका बुबा मन्सोर मियाँलाई खाना खान बोलाउँन घरबाट केही पर जाँदै गर्दा मन्सोर मियाँ र सविल खातुनकी छोरी १२ वर्षिय बालिका सोहि ठाउँका २५ वर्षीय शिवपुजन यादवले जबरजस्ती करणी गरेको पाइएको छ । बालिका चिच्याएपछि छिमेकीहरु हेर्न जाँदा आरोपित व्यक्ति भागेको प्रस्ट देखेका थिए र छिमेकीहरुले बालिकालाई उद्दार गरेको प्रत्यक्षदर्शी जग्दीलाल यादवले बताउनुभयो । सुवर्ण गाउँपालिका वडा नं.५ का जनप्रतिनिधिले नैं बलात्कार मुद्दालाई लेनदेनका आधारमा मिलापत्र गराउँन परिवारलाई प्रयास गरेका छन् । सुवर्ण गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष रामएकवाल साहले गाउँ स्तरमै बसेको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउँन खोजेका थिए । तर , बलात्कार मुद्दा लेनदेनमा मिलापत्र गराउँन नहुने भन्दै स्थानीय युवाहरुले वडा अध्यक्ष रामएकवाल साहसहितका व्यक्तिहरुलाई पञ्चायतीबाटै लखेटेको विनोद प्रसाद यादवले बताउनुभयो । बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीलाई लेनदेनका आधारमा मिलापत्र गराउँन प्रयास गर्ने वडा अध्यक्ष र अन्य व्यक्तिहरुको उपस्थितिमा बसेको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउने प्रयास भएपछि स्थानीय युवाहरुले बिरोध गरेको स्थानीय युवा यादवको भनाइ छ ।  घटनापछि वडा अध्यक्ष रामएकवाल साहले २–२ पटक पञ्चायती राखेर एक लाख ५० हजार जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेका थिए । घटना लेनदेनबाट नमिल्ने अवस्था आएपछि आरोपी शिवपुजन यादव वडा अध्यक्षकै सहयोगमा भारततर्फ भागेको स्थानीयले बताएका छन् । बलात्कारीलाई भगाएको र उल्टै बलात्कृत बालिकालाई हातपात गरेको स्थानीयले बताएका छन् । पीडित परिवारलाई विभिन्न व्यक्तिहरुले मानसिक दबाब र त्राश दिदै आएका छन् । पिडितका बालिकाका काका अलि शोर मियाँले राजनिति दबाब र पैसाको प्रलोभनमा प्रहरीले मुद्दा कमजोर गर्ने सम्भावना बढेर गएको गुनासो गर्नुभयो । पीडितका बाबुले असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मुद्दा दर्ता गराएका छन् । प्रहरीले पिडित बालिकाको जिल्ला अस्पताल कलैयामा स्वास्थ्य परिक्षणसमेत गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *