Sunday, July 25, 2021
Home > राष्ट्रिय समाचार > सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि सीसीएमसीले निर्णय गर्ने

सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि सीसीएमसीले निर्णय गर्ने

काठमाण्डौ १४ असोज
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ । हिजो सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड १९ का कारण रोकिएका बाँकी सेवाहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको छ । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको बताउनुभयो । बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णय समेत गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामुलक सन्देशहरु तयार गरेर विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने व्यवस्था गर्ने सम्बन्धमा समेत निर्णय भएको सचिव गुरागाईंले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *