Sunday, June 13, 2021
Home > मुख्य समाचार > नेपालमा अहिलेसम्मकै बढी ४३ सय ६४ जना कोरोना संक्रमित थप

नेपालमा अहिलेसम्मकै बढी ४३ सय ६४ जना कोरोना संक्रमित थप

काठमाण्डौ २३ असोज
हिजो काठमाडौं उपत्यकामा २ हजार ८५ गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जनामा कोरोना सक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । हिजो देशभरि सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । हजो आइसियुमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जना संक्रमित उपचाररत रहेका छन । आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षिया, ललितपुरमा ७३ वर्षिया, भक्तपुरमा ८२ वर्षिया र सुर्खेतमा ८२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षिय, धनुषामा ७० वर्षिय, काठमाडौंमा ५८ वर्षिय, ९१ वर्षिय र कस्कीमा ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षिय, ८१ वर्षिय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *