Thursday, June 10, 2021
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकाका राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण

अमेरिकाका राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण

एजेन्सी १७ असोज
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण भएको छ । आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत दिनुभएको हो । ७४ वर्षीय ट्रम्प र ५० बर्षीया मेलानिया दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको राष्ट्रपति ट्रम्पका चिकित्सक सिन कोन्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपी ट्रम्प भने उमेरका कारण जोखिम समूहमा पर्छन् । दुवै जना घरमै आइसोलेशनमा छन् । राष्ट्रपति ट्रम्पले घरमै रहेर आफ्नो सबै काम हेर्ने डा. कोन्लेलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपतिकी सहयोगी ३१ वर्षीय होप हिक्सलाई कोरोना देखिएपछि ट्रम्प दम्पत्तिले पनि परीक्षण गराएका थिए । गत मंगलबार भएको राष्ट्रपतीय वादविवादमा सहभागी हुन ट्रम्प ओहायो जाने क्रममा हिक्स पनि सोही विमानमा सवार थिइन् । संक्रमण देखिएसँगै अब राष्ट्रपति ट्रम्प आसन्न चुनाव लक्षित केही कार्यक्रममा सहभागी हुन नपाउने हुनुभएको छ । यसैबीच विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४५ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १० लाख २८ हजार बढिको मृत्यु भएको छ भने करिब २ करोड ५७ जना संक्रमणमुक्त भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *