Friday, May 07, 2021
Home > मुख्य समाचार > प्रदेश १ मा एकसय ६४ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा एकसय ६४ जना कोरोना संक्रमित थपिए

बिराटनगर २० असोज

प्रदेश १ मा हिजो एकसय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेर्हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा संक्रमितको संख्याको ७ हजार ७७५ पुगेको छ । प्रदेशमा हिजो ५९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र ८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २८ हजार १४८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *